यमन संकट समाधानका लागि इजिप्टले सहयोग गर्ने

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

इजिप्टका विदेशमन्त्री सामेह शौकरीले यमन संकट समाधान गर्न संयुक्त राष्ट्रसंघको भूमिकालाई इजिप्टले समर्थन गर्ने बताएका छन्।

शौकरीले इजिप्टको राजधानी कायरोमा यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गसँगको भेटमा सो धारणा राखेका हुन्। बैठकमा शौकरीले यमनको एकता र स्थिरता जोगाउने सबै पक्षहरूका लागि समावेशी राजनीतिक प्रक्रियाको महत्वमा जोड दिए।

उनले यमन संकटको राजनीतिक समाधान खोज्ने र यमनका जनताको मानवीय पीडा कम गर्न संयुक्त राष्ट्रसंघको प्रयासलाई सहयोग गर्ने इजिप्टको प्रतिबद्धतालाई पनि जोड दिए। यमन सन् २०१४ को उत्तरार्द्धदेखि गृहयुद्धमा फसेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

See More On

सुझावित समाचार