इरान युद्ध अन्त्य गर्न अमेरिका केही लचिलो हुने संकेत

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

वासिंटन डिसी/ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग जारी युद्ध अन्त्य गर्ने सम्झौताका लागि तेहरानले युरेनियम प्रशोधन क्षमतामा ‘अर्थपूर्ण’ कटौती गर्नुपर्ने बताएका छन् । भान्सको यस मागलाई केही विज्ञले युद्ध अन्त्य गर्ने दिशामा अमेरिका केही लचिलो भएको बताएका छन् । यसअघि अमेरिकाले इरानले युरेनियम प्रशोधन पूर्णतः त्याग्नुपर्ने अडान राख्दै आएको थियो ।

समाचार संस्था रोयटर्ससँगको विशेष अन्तर्वार्तामा भान्सले भने अमेरिका अझै सम्झौताका लागि खुला रहेको तर त्यसका लागि इरानबाट आणविक कार्यक्रमसम्बन्धी ठोस लचकता आवश्यक पर्ने बताए । तथापि इरानबारे सबै अमेरिकी अधिकारीबाट एउटै विचार आईरहेको छैन । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले कसैगरी पनि आणविक हतियार हात पार्न नहुने बताएका थिए । त्यस्तै, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिइरहेका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहीअघि इरानले वार्ता सुरु गर्न पूरा गरिनुपर्ने भनेर अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले नोभेम्बरमा हुने संसद्को मध्यावधि चुनावपछि सैन्य कारबाही थप तीव्र पार्ने चेतावनीसमेत दिएका छन् । तनावबिच भान्सको पछिल्लो टिप्पणी आएको छ । 

सुझावित समाचार