दिल्लीमा सरकारविरुद्धको प्रदर्शन जारी

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

नयाँदिल्ली/ भारतमा मतदाता नामावलीमा भएको विवादित फेरबदलविरुद्ध आइतबार पनि सरकारविरुद्ध विद्यार्थी प्रदर्शन भएको छ । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको भन्दै नयाँदिल्लीमा लगातार तेस्रो दिन सरकारविरोधी प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले प्रमुख आयुक्त कुमारले तत्काल राजीनामा दिनुपर्ने बताए । प्रदर्शनमा ठुलो संख्यामा विद्यार्थी, अभियन्ता र विपक्षी राजनीतिक दलका कार्यकर्ताको उपस्थिति थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दिल्लीमा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआइएसए)ले दिउँसो तीन बजे सुरु भएको नागरिक मार्चमा महिला सुरक्षासम्बन्धी चिन्ताबारे आवाज उठाइएको थियो । प्रहरीले इन्डिया गेटबाट जन्तरमन्तरसम्म मार्च गर्न रोक लगाएको थियो ।

यसैबिच शनिबार जन्तरमन्तरमा निर्वाचन आयोगविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा दिल्ली प्रहरीका वरिष्ठ अधिकारीहरूले आफूहरूमाथि यौन दुव्र्यवहार गरेको एआइएसएले आरोप लगाएको छ । प्रहरीले आन्दोलनकारी महिला विद्यार्थी र पत्रकारलाई दुव्र्यवहार गरेको एसोसिएसनले आरोप लगाएको हो ।

एआइएसएले एक पोस्टमा लेखेको छ, ‘शनिबारको प्रदर्शनका क्रममा दिल्ली प्रहरीले महिला विद्यार्थी र पत्रकारमाथि दुव्र्यवहार ग¥यो, कुटपिट ग¥यो र अश्लील ढंगले स्पर्श ग¥यो । किन ? प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउन माग गरेको कारणले होइन ।

दिल्ली प्रहरी महिलालाई दण्डहीनताका साथ दुव्र्यवहार गर्न सकिने वस्तु ठान्छ ।’ उनीहरूको उजुरी विस्तृत अनुसन्धानका लागि अपराध शाखामा पठाइएको छ । दिल्ली प्रहरीले भनेको छः ‘३ अक्टोबरमा नयाँदिल्ली क्षेत्रमा भएको विरोध प्रदर्शनका क्रममा, शान्तिसुरक्षा व्यवस्थापनको स्थिति चलिरहँदा, तीन महिला पत्रकारले प्रहरी अधिकारीविरुद्ध यौन दुव्र्यवहारको आरोप लगाएका थिए । नयाँदिल्ली जिल्ला प्रहरीले उनीहरूको उजुरी प्राप्त गरेको छ र निष्पक्ष तथा तटस्थ छानबिनका लागि उक्त उजुरी क्राइम शाखामा पठाइएको छ ।’

उता इन्डियन युथ कांग्रेस (आइवाइसी) पनि आइतबार साँझ विरोध मार्च गरेको छ । मार्चका क्रममा युथ कांग्रेसले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेको थियो । 

सुझावित समाचार