रुसी तेल किनेकाले १०० प्रतिशतसम्म अमेरिकी भन्सार महसुलको जोखिममा भारत

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण
रुसी तेल किनेकाले १०० प्रतिशतसम्म अमेरिकी भन्सार महसुलको जोखिममा भारत

फाइल तस्बिर

अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स)ले रुसी कच्चा तेल खरिद गर्ने देशका सामानमाथि १०० प्रतिशतसम्म भन्सार महसुल लगाउनेलगायत प्रावधानसहितको विधेयक पारित गरेको छ । यसले रुसी कच्चा तेलका सबैभन्दा ठुलो खरिदकर्ता देश चीन र भारत सबैभन्दा बढी प्रभावित हुने भएका छन् । 

विधेयक पारित भएसँगै भारतले बिहीबार (सेप्टेम्बर १७) आफ्नो हितको रक्षा गर्न ‘सबै आवश्यक कदम चाल्ने’ बताएको छ । साथै, भारतले आफ्ना खरिदसम्बन्धी निर्णय ‘बजारको बदलिँदो अवस्था’मा आधारित हुने कुरा पनि दोहोर्याएको छ ।

बुधबार अमेरिकाको तल्लो सदनले २६२ का विरुद्ध १५९ मतले ‘लिन्डसे ओ. ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ पारित गरेपछि भारतले ‘थप घटनाक्रमको निगरानी गरिरहेको’ जनाएको छ । यो विधेयक अब हस्ताक्षरका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष पठाइनेछ ।

यस विधेयकले ट्रम्पलाई ती देशका सामानमा १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिनेछ, जसले जानाजानी रुसी कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्छन् । यद्यपि, विधेयकमा विशेष छुटको प्रावधान पनि दिइएको छ । विगत १२ महिनामा रुसबाट ती उत्पादन आयात गर्ने शीर्ष पाँच देशमध्ये भारत पनि एक हो ।

See More On

सुझावित समाचार