सात वर्षमा इजरायली प्रधानमन्त्रीको मेकअपमा चार लाख ७० हजार डलर खर्च

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

इजरायलका बहालवाला प्रधानमन्त्रीको मेकअपमा राज्यले ठुलो मूल्य चुकाउनुपरेको छ । इजरायलको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी २०१९ देखि अगस्ट २०२६ को अवधिमा आफ्ना प्रधानमन्त्रीहरूको हेयर स्टाइल, मेकअप र आधिकारिक प्रतिनिधित्वसम्बन्धी खर्चमा इजरायलले करिब चार लाख ७० हजार अमेरिकी डलर खर्च गरेको छ । कपाल र मेकअपसम्बन्धी कुल खर्चको करिब ९० प्रतिशत हिस्सा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारा नेतन्याहुसँग सम्बन्धित छ ।

‘मुभमेन्ट फर फ्रिडम अफ इन्फर्मेसन’ (सूचनाको स्वतन्त्रतासम्बन्धी अभियान)को तर्फबाट अधिवक्ता यारा विन्क्लर–सालितले डिसेम्बर २०२५ मा सूचनाको स्वतन्त्रतासम्बन्धी निवेदन दर्ता गराएपछि यो जानकारी सार्वजनिक गरिएको हो ।

तथ्यांकले देखाएअनुसार कपाल र मेकअपमा हुने खर्च हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको छ । सन् २०२२ मा जब नाफ्ताली बेनेट र यायर लापिङ प्रधानमन्त्री थिए, तब मेकअपमा करिब ८४,००० सेकेल खर्च भएको थियो । सन् २०२३ मा बेन्जामिन नेतन्याहु पुनः प्रधानमन्त्री बनेपछि यो खर्च बढेर करिब तीन लाख ११ हजार सेकेल पुग्यो । सो वर्ष कुल खर्च करिब एक लाख तीन हजार डलर थियो ।

सबैभन्दा बढी वार्षिक खर्च सन् २०२५ मा भएको थियो, जतिवेला सरकारले करिब एक लाख ११ हजार डलर खर्च गरेको थियो । 

अभिलेखहरूले सन् २०२३ को अक्टोबरमा युद्ध सुरु हुने बेलाको खर्च पनि देखाएका छन् । सोही वर्षको सेप्टेम्बरदेखि नोभेम्बरको बिचमा नेतन्याहुको कपाल मिलाउन (हेयर स्टाइलिंग)का लागि करिब २,६०० डलर र मेकअपमा करिब १,५८० डलर खर्च भएको थियो । केवल अक्टोबर २०२३ मा मात्रै, सरकारले नेतन्याहुको कपाल मिलाउन २,४५७ सेकेल खर्च गरेको थियो ।

See More On

सुझावित समाचार