बर्लिन/ जर्मनीका पूर्वगुप्तचर प्रमुख अगस्ट हानिङ राष्ट्रद्रोहको शंकामा पक्राउ परेका छन् । ८० वर्षीय हानिङलाई मंगलबार बिहान नेदरल्यान्ड्सको सिमानानजिकै पर्ने स्टाइनफर्ट काउन्टीबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । जर्मन मिडिया ड्युच वेलले हानिङको पक्राउलाई ‘शताब्दीकै ठुलो गुप्तचर काण्ड’ भनेको छ ।
हानिङमाथि पछिल्ला सन् १९९८ देखि २००५ बिच १६ वर्षमा जर्मनीको विदेशी क्षेत्रको गुप्तचर हेर्ने निकाय ‘फेडलर इन्टेलिजेन्स सर्भिस (बिएनडी))’का प्रमुख रहँदा हजारौँ गोप्य दस्ताबेज गैरकानुनी रूपमा प्राप्त गरेको र तीमध्ये कम्तीमा केही सूचनाबाट विदेशी शक्तिलाई बिक्री गरेको आरोप लगाइएको छ ।
तथापि, उनले कुन विदेशी शक्तिसँग सम्पर्क गरेको भन्ने स्पष्ट बताइएको छैन । तथापि जर्मनीको सबैभन्दा ठुलो पत्रिका डेर स्पिगेलले भने हानिङ अजरबैजानको गुप्तचर एजेन्सीका प्रतिनिधिसँग सम्पर्कमा रहेको लेखेको छ । त्यस्तै, सन् २०२५ मा अभियोजनकर्ताले हानिङले इजरायली गुप्तचरसँग घनिष्ठ सम्पर्क रहेको आरोप लगाएका थिए । यदि दोषी पाइएमा उनलाई जर्मनीको कानुनअनुसार अधिकतम जेलजीवन हुनेछ ।
बिएनडीको प्रमुख पछि उनी सन् २००५ देखि २००९ सम्म उनले जर्मनीको गृह मन्त्रालयमा सबभन्दा वरिष्ठ निजामती कर्मचारीका रूपमा काम गरेका थिए । चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको सरकारले जर्मनीका गुप्तचर निकायमा व्यापक सुधार गर्ने तयारी गरिरहेका वेला हानिङ पक्राउ परेका हुन् ।