१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैंककमा जहाजको पांग्रा बिग्रिएको घटना छानबिन गर्न निगमले बनायो उपसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १२:३५:oo

बैंकक–काठमाडौं नियमित उडानका क्रममा विमानको पांग्रामा देखिएको समस्याबारे छानबिन गर्न नेपाल वायुसेवा निगमले एक उपसमिति गठन गरेको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै क्वालिटी अस्युरेन्स डिपार्टमेन्टका निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन उपसमिति गठन गरेको जनाएको छ।

अप्रिल १ मा बैंककबाट टेकअफ गर्ने क्रममा निगमको न्यारोबडी (नाइन एन–एकेडब्लू) विमानको पांग्रामा समस्या देखिएपछि यात्रुहरूलाई त्यहीँ ओरालिएको थियो। रद्द गरिएको उक्त उडानका एक सय ४१ यात्रुहरूलाई निगमले नियमित उडानबाट ४ अप्रिलमा मात्र काठमाडौं ल्याएको थियो।

‘यस घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने गरी निगम व्यवस्थापनले क्वालिटी अस्युरेन्स डिपार्टमेन्टका निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्चस्तरीय छानबिन उपसमिति गठन गरी उक्त उपसमितिले आफ्नो काम सुरु गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ।