चार सहसचिव सचिवमा बढुवा

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चारजना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई विशिष्ट श्रेणी(सचिव)मा बढुवा गरेको छ। न्याय सेवाका तीन तथा प्रशासन सेवाका एकजनाको बढुवा भएको हो । 

न्याय सेवाअन्तर्गतका ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरिएको छ। उनीहरूमध्ये भट्टराईको न्यायपरिषद् तथा कट्टेल र दाहालको सर्वाेच्चको रजिस्ट्रार पदमा पदस्थापन भएको छ। 

त्यस्तै, प्रशासन सेवातर्फ सहसचिव कालीप्रसाद पराजुलीको सचिवमा बढुवा भएको छ । 
 

सुझावित समाचार