एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको छ । 

सशस्त्र प्रहरीकै एआइजी अञ्जनीकुमार पोखरेलको जाँचबुझ समितिले प्रतिवेदन बुझाएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनीमाथि अधिकतम विभागीय कारबाहीको सिफारिस भएको छ। 

प्रतिवेदनअनुसार शुक्रबार गृहले निर्णय लिने तयारी गरेको छ। 
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट बिचौलिया इनाम सापकोटालाई उनले सुरक्षासँग सम्बन्धित गोप्य सूचना चुहावट गरेको अभियोगमा गत सोमबार उनलाई गृह मन्त्रालयले निलम्बन गरेको गरी जाँचबुझ थालेको थियो। सशस्त्र प्रहरी नियमावलीअनुसार एआइजीमाथि गृहमन्त्रीले विभागीय कारबाही गर्ने प्रावधान छ । 

सुझावित समाचार