काठमाडौं/ सरकारले १० र ११ असोजको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न गाउँँलाई विपत् संकटग्रस्त घोषणा गरेको छ । २० पालिकालाई तीन महिनाका लागि विपत् संकटग्रस्त घोषणा गरिएको छ। कतिपय पूरै पालिका त केही पालिकाका केही वडालाई मात्र संकटग्रस्त घोषणा गरिएको छ ।
बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार बाग्लुङ, मनाङ, म्याग्दी, पर्वत, गोरखा र पूर्वी नवलपरासीका पालिका तथा वडालाई संकग्रस्त घोषणा गरिएको छ ।
विपत् जोखिम न्यूनीकरण ऐन व्यवस्थापन ऐन, २०७४ को दफा ३२ मा गम्भीर प्रकृतिको विपत् उत्पन्न भएका संकटग्रस्त घोषणा गर्न सकिने उल्लेख छ।
यी हुन् संकटग्रस्त घोषणा भएका पालिका र वडा-