मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार o७:२o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o७:२o:oo

सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही दिन यससम्बन्धी ‘म्युनिक सन्धि’मा हस्ताक्षर गरे । 

सन् १७९१ : फ्रान्सेली क्रान्तिपछि बनेको संविधानसभाले संविधान निर्माण गरेसँगै यसै दिन भंग भयो ।

सन् १९४९ : अघिल्लो वर्ष जुन महिनामा सोभियत संघले पश्चिम बर्लिनमा नाकाबन्दी लगाएपछि पश्चिमी शक्तिले सो सहरमा आवश्यक सामान पुर्‍याउन सुरु गरेको ‘बर्लिन एअरलिफ्ट’ यसै दिन अन्त्य भयो ।

सन् १९६६ : बेलायतको संरक्षित क्षेत्र ‘बेचुआनाल्यान्ड’ले स्वतन्त्रता हासिल गरेसँगै आफूलाई ‘बोत्स्वाना गणतन्त्र’का रूपमा चिनायो । 

↑