आगामी १६ असोजदेखि हुन लागेको महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा शुक्रबार महाधिवेशन केन्द्रीय निर्देशन समिति बनाइएको छ । त्यस्तै, अन्य समितिहरू गठन गरी त्यसको संयोजक र सदस्यहरू तोकिएको छ ।
केन्द्रीय सदस्य गणेश लामालाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । उनलाई स्वयंसेवक व्यवस्थापन समितिको संयोजक बनाइएको छ । समितिको सदस्यमा भूपू सैनिक संघ तथा भूपू प्रहरी संघका अध्यक्ष छन् ।
लामा विगतमा शेरबहादुर देउवाको पक्षमा थिए। हालै देउवा नेतृत्वका समितिका सबै केन्द्रीय सदस्यलाई मनोनयन गर्ने निर्णय गरेपछि गगन थापातिर लागेका हुन्। गुन्डागर्दी पृष्ठभूमिका कारण लामा वेला–वेला विवादमा पर्ने गरेका छन्। विगतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसहित आधा दर्जन फौजदारी मुद्दा चलेका थिए।
महाधिवेशनलाई गठन गरिएका समितिहरूः



