मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार o८:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई सिधा उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o८:३२:oo

हिमालय एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सांघाई सिधा उडान पुनः सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेको हो ।

उडान सेवा पुनः सुरु भएसँगै कम्पनीको काठमाडौं–सांघाई–काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एक मात्र वायुसेवा कम्पनी बनेको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबिचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनर्स्थापित भएको बताइएको छ । कम्पनीले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्दै छ । काठमाडौं–सांघाईतर्फका उडान हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडान हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । एयरलाइन्सले यात्रुको माग तथा उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने बताइएको छ ।

यो उडानले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबिचको सम्पर्क र आदान–प्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

↑