मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार

व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १९:४७:oo

व्यवसायी शंकरलाल अग्रवाल फेरि पुर्पक्षका लागि कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले उनलाई मंगलबार कारागार पठाउने आदेश दिएको हो। 

यसअघि बैंकिङ कसुर मुद्दामा उनलाई उच्च अदालत, पाटनले थुनामा पठाएको थियो। पछि सर्वाेच्चले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। 

मंगलबार विशेषमा उपस्थित भएका उनको बयान र थुनछेक बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले थुनामा पठाउने आदेश दिएको हो। 
बिचौलिया दीपक भट्टसँग मिलेर विभिन्न किसिमका वित्तीय अपराध गरेको अभियोगमा शंकरलाल, उनका दुई छोरा, बुहारी र नातिसम्मलाई सम्पत्ति शुद्धीकरण, धित्रोपत्रसम्बन्धी कसुर, बैंकिङ कसुर तथा बिमासम्बन्धी कसुरमा मुद्दा दायर भएका छन्। 

उनका छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामै छन् भने अर्का छोरा साहिल भने फरार छन्। 

↑