Skip This
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २२:४५:oo
Read Time : < 1 मिनेट
समाचार

ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २२:४५:oo

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले ससुराको बैंक खातामार्फत घुस लिने गरेको खुलेको छ ।

विदेशबाट खाद्यान्न आयात गर्न स्वीकृति दिनका लागि उनले बैंक खातामै घुस लिन्थे । त्यसका लागि ससुरा वसन्तकुमार बस्यालको बैंक खाता खोलेर त्यसको एटिएम आफैंले प्रयोग गर्दै आएका थिए । ज्वाइँको कारण ससुराविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । ७६ वर्षीय बस्याल पनि पूर्वकर्मचारी हुन्। उनले आफ्नो खाता ज्वाइँले प्रयोग गर्दै आएको बयानमा खुलाएका छन्। 

अधिकृत अधिकारीले  ५३ व्यवसायीसँग २८ लाख २० हजार घुस लिएको अख्तियारको छानबिनबाट खुलेको छ । आयोगले अधिकृत अधिकारीसहित उनका ससुरा बस्याल तथा साथीहरू रश्मिला श्रेष्ठ र सुरेश चौधरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अधिकारीले घुस असुल्न श्रेष्ठ र चौधरीको खाता पनि प्रयोग गर्दथे । घुस नदिई स्वीकृति नै नदिने भएपछि व्यवसायीले उनीविरुद्ध अख्तियारमा उजुरी गरेका हुन्। 

कोसँग कति कति घुस लिए ? 

 

 

 

 

 

↑