कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी(सिडिओ) जनार्दन गौतमले राजीनामा दिएका छन्। उनले १४ असोजदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
गृहले राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ। केही महिना मात्र जागिर बाँकी रहेका सहसचिव गौतमले राजीनामा दिएका हुन्।
निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकको त्रासले यो वर्ष धेरै कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाश रोजेका छन्।