मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
वासिंटन डिसी
२o८३ असोज १४ बुधबार o७:१३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी उपराष्ट्रपतिले भने– इरानका सर्वोच्च नेता जीवितै छन् 

Read Time : < 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o७:१३:oo

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता मोजतबा खामेनी जिउँदै रहेको बताएका छन् ।  ‘सर्वोच्च नेता जीवित छन् कि छैनन् भन्ने कुरा अमेरिकालाई शत्प्रतिशत थाहा छैन, तर उपलब्ध प्रमाणले उनी जीवितै रहेको संकेत गर्छन्,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार भिन्स कोग्लियानीलाई दिएको अन्तर्वार्तामा भने ।

इरान कसको नियन्त्रण छ भन्ने प्रश्नमा अमेरिकी उपराष्ट्रपतिले स्पष्ट पार्ने प्रयास गर्दै भने, ‘यो अहिले निकै अन्योलपूर्ण प्रणाली बनेको छ । हुन त मैले तपाईंको प्रश्नको एउटा जवाफ दिन सक्छु, तर त्यो अनुमान मात्र हुनेछ, किनभने त्यहाँ विभिन्न समूह छन् । त्यहाँ अति कट्टरपन्थी समूह छ, रुढिवादी समूह छ, उदारवादीको अर्को समूह छ, धर्मगुरु पनि उत्तिकै सक्रिय देखिन्छन् र यी सबै मानिस निर्णय प्रक्रियामा संलग्न हुन्छन् ।’

सम्झौता नहुनुमा इरान दोषी
कोग्लियानेससँगको अन्तर्वार्ताका क्रममा भान्सले इरान र अमेरिकाबिच हस्ताक्षर भएको समझदारी पत्र असफल हुनुमा इरानी नेतालाई दोष दिए । साथै पर्सियाली खाडी क्षेत्रमा आउजाउ गर्ने व्यावसायिक जहाजलाई निसाना बनाएर इरानले ‘गल्ती गरे’को बताए । 

‘मलाई लाग्छ इरानीहरू आफैँलाई पनि आफूले गल्ती गरेको महसुस भएको छ, उनीहरूले हामीसँग सम्झौता गरेका थिए । युद्धविराम भएको थियो । उनीहरूले अमेरिकासँगको सुमधुर सम्बन्धबाट धेरै लाभ लिन सक्थे,’ अमेरिकी उपराष्ट्रपतिले भने ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका नेताले अमेरिकासँग गरेका प्रतिबद्धता पालना गरे भने अझै पनि इरानसँग सम्झौताको सम्भावना बाँकी नै रहेको बताएका छन् ।

↑