मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज २ शुक्रबार
  • Friday, 18 September, 2026
२o८३ असोज २ शुक्रबार o७:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाले गर्‍यो सात खेलमा ३३ गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज २ शुक्रबार o७:२९:oo

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले २०२६/२७ को सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बार्सिलोनाले चालू सिजनमा सबै प्रतियोगिताका सात खेलमा ३३ गोल गरेको छ । यसमध्ये स्ट्राइकर राफिन्हाले मात्र ११ गोल गरेका छन् । बार्सिलोनाले पाँच खेलमा विपक्षीविरुद्ध पाँचभन्दा बढी गोलले जित निकालेको छ । यस क्रममा बुधबार राति ला लिगअन्तर्गतको खेलमा बार्सिलोनाले रेसिङ सान्तान्डरलाई ७–२ ले पाखा लगायो ।

यो खेलमा ब्राजिलियन स्ट्राइकर राफिन्हाले ह्याट्रिक गरेका थिए । उनले ला लिगामा गोल संख्या नौ पुर्‍याएका छन् । बार्सिलोनाले ला लिगामा लगातार ६ खेल जितेको छ । रेसिङविरुद्ध लामिन यामलको पासमा कान्सेलोले २० यार्ड टाढाबाट गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

त्यसपछि कप्तान राफिन्हा चम्किए । उनले खेलको २५औँ, ४२औँ र ६७औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । यसमध्ये २५औँ र ६७औँ मिनेटमा उनले पेनाल्टी गोल गरेका थिए । रेसिङका एसियरले खेलको ३६औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । स्पेनिस ला लिगामा बार्सिलोनाले सर्वाधिक १८ अंक जोडेको छ ।