काठमाडौं आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा भेटिएको छ। भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरूको तथा परिवारको नाममा जग्गा रहेको भेटिएको हो।
समितिले भूमिहीन सुकुमवासी, भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।