काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा हुन्डी कारोबार गरिरहेका दुई युवक पक्राउ परेका छन्। प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले बुधबार राति सो ११ बजे अर्घाखाँचीको सन्धिखर्क २ घर भएका ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका २१ घर भएका ४० वर्षीय प्रवेश महतो पक्राउ परेका हुन्।
उनीहरूको साथबाट स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। उनीहरूउपर हुन्डी कारोबारसम्बन्धी कसुरमा अदालतबाट थुनामा राख्न प्रहरीले पाँच दिनको म्याद लिएको छ।