१० भदौको बाढीमा बेपत्ता भएका नयाँ पत्रिकाकर्मी टेकराज थामीको शनिबार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय भएको छ। २३ दिनसम्म खोजी गर्दा पनि पत्ता नलागेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको हो। सम्भावित स्थानमा खोजीकार्य गर्दा नभेटिएको र तत्कालीन परिस्थितिको मूल्यांकन गर्दै कुशको शव बनाएर शनिबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय भएको परिवारले जनाएको छ।
केरुङ जानका लागि उनी ९ भदौमा टिमुरे पुगेका थिए। भोलिपल्टदेखि उनी सम्पर्कविहीन भएका हुन्। नेपाल र चीन दुवैतर्फ उनको खोजी भएको थियो।
खोजमूलक पत्रकारिता गर्दै आएका पत्रकार थामी एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए।