मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज २ शुक्रबार
  • Friday, 18 September, 2026
२o८३ असोज २ शुक्रबार o८:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज २ शुक्रबार o८:o४:oo

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले अघि रहेको युनाइटेड ब्राइटनसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको आठौँ मिनेटमा सिया लेसीले युनाइटेडलाई १–० अग्रता दिलाए । खेलको दसौँ मिनेटमा मेसन माउन्टले युनाइटेडलाई २–० ले अघि राखे । पहिलो हाफको इन्जुरी समयमा कोस्टुलासले ब्राइटनलाई २–१ को गोलअन्तरमा झारे । खेलको ६५औँ मिनेटमा कप्तान पास्कल ग्रोसले २–२ को बराबरी गोल गरे ।

खेलको ६९औँ मिनेटमा म्याक्सिम डे कुइपरले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाए । अन्य खेलमा फ्लिटवुडले सेफिल्ड युनाइटेडलाई १–० ले हरायो । एस्टन भिल्लाले कोभेन्ट्रीलाई ३–१ ले पाखा लगायो ।