मुख गनाउने समस्याबाट छुटकारा पाउन के गर्ने ?

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

- सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
- खानापछि धनियाँको पात चपाउने गर्नुपर्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।
- ल्वाङलाई रुघाखोकी ठीक पार्ने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्छ ।
- प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ ।
- अम्बा र अनार खाने गरेमा स्वस्थ श्वासप्रश्वासमा निकै ठूलो भूमिका खेल्छ । यी चिजको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ ।

सुझावित समाचार