असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २ असोज, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा नयाँ जिम्मेवारीका साथ नयाँ कार्य प्रारम्भ हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लागिरहनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको मध्यमा कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन्  ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यस साता नयाँ सवारीसाधन खरिदबिक्रीको योग रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । बुधबारबाट इच्छा र आकांक्षा पूर्ण हुनेछन् । आकस्मिक धनलाभ हुने सम्भावना प्रबल छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । साताको प्रारम्भमा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्ने देखिन्छ । शुभकार्यको चर्चा चलिरहनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको सुरुवातमा सहकर्मीबाट विरोध र कार्य अवरोधले मनमा अशान्ति बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । बुधबारबाट इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर कारोबारबाट सोचेअनुरूप सफलता मिल्नेछ । खर्च बढ्ने योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका कामहरू सुचारु हुनेछन्  । शनिबारदेखि मनमा निराशा र शरीरमा आलस्यका कारण काम अवरुद्ध हुने योग रहेको छ । आफ्नो विचारविपरीत निर्णय हुन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरीसमेत आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यो साता पुनर्मिलनको योग रहेको छ । पार्टी, पिकनिक, भोजभतेर तथा सेमिनारमा सहभागी भइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । सेयर बजारले पनि साथ दिनेछ । आम्दानीका नयाँ–नयाँ स्रोत फेला पर्ने सम्भावना छ । साताको अन्त्यमा पारिवारिक मनमुटाव र घरायसी झमेलाबाट जोगिनुपर्नेछ  । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो सातामा महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । लामो समयदेखि रोकिएका काम पूर्ण हुने योग छ । अतिथिका रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यो सातामा मिश्रित फल मिल्नेछ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्यमा सफलता मिल्नेछ । स्वास्थ्य पनि प्रतिकूल हुने देखिन्छ । साताको अन्त्यमा धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको सुरुमा रमाइलो यात्राको योग रहेको छ । आँटेका र सोचेका कार्य प्रूा हुनेछन् । मनग्य आम्दानी हुने देखिन्छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले काम अगाडि बढ्नेछन् । अभिभावक तथा मान्यजनको सहायताले काम बन्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको सुरुवातमा वैदेशिक यात्राको अवसर जुर्नेछ । नयाँ जागिरको थालनी हुनुका साथै शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि सोचेअनुसार साथ नदिन सक्छ  । गरेका काममा ढिलासुस्ती हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउने सम्भावना रहेकाले सचेत रहनुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यो हप्ता कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ । पारिवारिक जमघटको सम्भावना छ । दाम्पत्य जीवन सुखमय हुने समय छ । प्रेमी–प्रेमिकाको सहयोगमा काम बन्नेछ । साथीभाइको साथ–सहयोग मिल्ने योग रहेको छ । 

See More On

सुझावित समाचार