साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउनेछ । 

वृष : साताको प्रारम्भबाटै नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउँदा भाग्यको साथ मिल्ने देखिन्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्वपूर्ण बन्न सक्छ । 

मिथुन : कारोबारमा गतिशीलता आउनेछ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्नेछ । पठनपाठनमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ ।  कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । साताको अन्त्यमा नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ ।

कर्कट : प्राविधिक काममा विशेष सफलता मिल्नुका साथैसाथै आत्मसन्तुष्टि पनि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । 

सिंह : धार्मिक, सामाजिक तथा सांस्कृतिक काममा खट्नुपर्ने योग रहेको छ । सन्ततिबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनुहुन्न । श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । 

कन्या : आम्दानीमा कमी आउनेछैन । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । 

तुला : जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । बुधबारपछि धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावनासमेत छ ।

वृश्चिक : अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । साताको अन्त्यमा मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगीहरू जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइनेछ । 

धनु : घरपरिवारमा रमाइलो जमघट हुनेछ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभ समाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिंगीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्नेछ ।

मकर : बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्यांकन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साताको अन्त्यमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । 

कुम्भ: राजनीतिक चासो बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ ।  प्रतिकूल परिस्थितिले पछ्याउनेछ । सानातिना कामको झमेला आउन सक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । साताको अन्त्यमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यावहारिक समस्याले अवरोध हुने सम्भावना छ ।

मीन : परिवारमा ठुलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपाईंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ ।  दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत छ । 

सुझावित समाचार