असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता प्रारम्भमा कार्यक्षेत्रमा गर्नुभएका राम्रा कामका लागि पहिचान र प्रशंसा प्राप्त हुने ग्रहयोग बनेका छन् । बुद्धिमत्तापूर्वक लिइएका आर्थिक निर्णयले बचत बढाउनुका साथै भविष्य सुरक्षित बनाउन सहयोग गर्नेछ । प्रेमसम्बन्धको सुरुवात हुने विशेष शुभयोग रहेको छ । साताको अन्त्यमा गरिएका जुनसुकै काममा सफलता प्राप्त हुने योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा परिवारबाट टाढा बस्दै आएका आफन्त तथा प्रियजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ । आर्थिक मामिलामा सोचविचार गरी चालिएको कदमबाट राम्रो लाभप्राप्तिको योग रहेको छ । घरमा खुसीको वातावरण सिर्जना हुनेछ । विद्यार्थीहरूले नियमित मिहिनेतबाट राम्रो परिणाम प्राप्त गर्नेछन् । नातेदारले अपमानित तुल्याउन सक्ने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्यस्थलमा तपाईँका सुझावले महŒवपूर्ण परियोजनालाई सफल बनाउन सहयोग गर्नेछ । तपाईँको समझदारी र सिर्जनात्मक विचारका कारण कार्यक्षेत्रमा प्रतिष्ठा अझ मजबुत हुनेछ । सामाजिक जीवनमा तपाईँको उदारता र आत्मीय व्यवहारले सबैको मन जित्नेछ । अध्ययनमा गरेको मिहिनेतले सफलता दिलाउन सक्छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यक्रममा सहभागी हुँदा मनोरञ्जनसँगै नयाँ परिचय बनाउने अवसर मिल्नेछ । लामो समयदेखि अड्किएको सम्पत्तिसम्बन्धी विषय समाधानतर्फ अघि बढ्नेछ । आर्थिक लाभ प्राप्त गर्न केही समय लाग्न सक्छ । स्वास्थ्य राम्रो रहनेछ र दैनिक कामका लागि पर्याप्त ऊर्जा मिल्नेछ । व्यवहारमा संयम अपनाउँदा पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक भेटघाट वा समारोहले सम्बन्धमा आत्मीयता बढाउनेछ र प्रियजनसँग रमाइलो समय बित्नेछ । धार्मिक गतिविधि तथा सकारात्मक चिन्तनले मानसिक शान्ति प्रदान गर्नेछ । अध्ययनमा गरिएको परिश्रमले अपेक्षित सफलता दिलाउनेछ । व्यापारमा संलग्न व्यक्तिहरूका लागि लामो समयदेखि विचाराधीन सम्झौता वा कारोबार लाभदायक बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक जीवनमा सकारात्मक सम्भावना खुल्नेछन् । कार्यक्षेत्रमा तपाईँको लगनशीलता र समर्पणले प्रशंसा तथा नयाँ जिम्मेवारी दिलाउनेछ । निरन्तर प्रयासले प्रेमजीवनमा निकटता र समझदारी अझ बढ्नेछ । स्वास्थ्यमा सुधारका सकारात्मक संकेत देखिँदै जानेछ । साताको अन्त्यमा नोकरीबाट असन्तोष बढ्नेछ । अनावश्यक खर्चतर्फ मन आकर्षित बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र अनुशासनका साथ अघि बढ्दा सकारात्मक उपलब्धि हासिल हुनेछ । कार्यक्षेत्र वा अध्ययनमा एकाग्रताले प्रगतिका नयाँ बाटा खोल्नेछ । सन्तुलित आहार र स्वस्थ जीवनशैलीले ऊर्जा बढाउनेछ । प्रेमजीवनमा रोमाञ्चक परिवर्तन आउन सक्छ र मन पराएको व्यक्तिबाट सकारात्मक प्रतिक्रिया मिल्ने सम्भावना छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजनाबद्ध प्रयासबाट आर्थिक लाभ मिल्नेछ । प्रिय व्यक्तिको भावना बुझेर अघि बढ्दा प्रेमसम्बन्ध अझ मधुर बन्नेछ । कार्यक्षेत्रमा नयाँ प्रविधिको प्रयोगले सफलता र प्रशंसा दिलाउन सक्छ । आवश्यक तयारी र योजनासहित गरिएको यात्राले सुखद सफलता दिलाउनेछ । मन पर्ने व्यक्तिसँग नजिकिने अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अरूबाट तपाईँका कामको उच्च मूल्यांकन हुने संकेत छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । प्रियजनसँगको घुमफिरले साता अझ सुखद बनाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारमा आफ्ना भावना चिन्ता खुलेर व्यक्त गर्दा सम्बन्धमा आत्मीयता बढ्नेछ । समयमै प्राप्त हुने आर्थिक सहयोग वा ऋणले आर्थिक भार कम गर्दै योजना बनाउन सहज बनाउनेछ । तपाईँको आकर्षक व्यक्तित्व र रमाइलो स्वभावले विशेष व्यक्तिको ध्यान खिच्न सक्छ । नियमित व्यायामले स्वास्थ्यमा राम्रो प्रभाव पार्नेछ । वैदेशिक यात्रा सफल रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनुका साथै मनोरञ्जन प्राप्त पनि होला । साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा मिल्नेछ । कर्म गरेबापत राम्रो सफलता मिल्नुका साथै सहयोगीहरूको साथ पाइएला । इष्टदेवको पूजा–उपासना गरी अगाडि बढ्दा फाइदा हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साता तपाईँका लागि भाग्य, सफलता र नयाँ अवसरले भरिपूर्ण रहनेछ । विभिन्न क्षेत्रमा गरिएका प्रयासले अपेक्षित परिणाम दिलाउनेछन् । आर्थिक पक्ष सबल बन्नुका साथै सही निर्णय र पुरानो लगानीबाट लाभ प्राप्त हुने योग छ । कार्यक्षेत्रमा तपाईंको सिर्जनशील सोच र क्षमताको वरिष्ठबाट प्रशंसा हुनेछ, जसले करिअरमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

See More On

सुझावित समाचार