ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको भदाै २० गते शनिबारदेखि भदाै २६गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ जिम्मेवारी प्राप्त गर्न सक्नुहुनेछ । सहकर्मीहरूसँग मिलेर काम गर्दा अपेक्षाकृत राम्रो परिणाम प्राप्त हुनेछ । आर्थिक अवस्था सुदृढ रहने सम्भावना छ । कुनै राम्रो कम्पनीमा गरिएको लगानीले भविष्यमा लाभ दिन सक्छ । सम्पत्तिसम्बन्धी कुनै सामान्य विवाद उत्पन्न हुन सक्छ, जसलाई धैर्य र समझदारीपूर्वक समाधान गर्नु राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पराक्रम बढ्नुको साथै काममा सफलता मिल्दै जानेछ । आर्थिक अवस्था सन्तुलित रहनेछ । प्रेमसम्बन्धमा आत्मीयता र सन्तुष्टि कायम रहिरहनेछ । जागिर वा व्यवसायमा क्रमिक प्रगति हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । सम्पत्तिसम्बन्धी काममा सफलता मिल्नेछ । साताको अन्त्यमा योजनाबद्ध यात्राबाट लाभ मिल्नेछ । राज्यबाट सम्मान पाउने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्यक्षेत्रमा नयाँ उपलब्धि हासिल हुनुका साथै प्रतिष्ठासमेत बढ्ने योग छ । विगतका राम्रा निर्णयबाट सम्मान मिल्नेछ जसको कारण आर्थिक अवस्थासमेत बलियो रहनेछ । प्रेमसम्बन्धमा आपसी समझदारी बढ्नेछ । बिहीबारदेखि स्वास्थ्य सामान्य रहनेछ । छोटो यात्राले कार्यमा सफलता दिलाउनेछ । नयाँ सम्पत्ति खरिद वा पैतृक सम्पत्तिप्राप्तिको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा ठुलो सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । विगतमा कुनै विशेष व्यक्तिसँगको भेटले पुराना भावना पुनः जागृत गराउन सक्ने योग छ । आर्थिक दृष्टिले नयाँ काम सुरु गर्न वा आम्दानीका नयाँ स्रोत खोज्न समयअनुकूल छ । बोलीको प्रभावमा अरूको मन जित्न सकिए पनि परिवारबाट सहयोग मिल्नेछैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकभन्दा बढी स्रोतबाट आम्दानी हुने भएकाले आर्थिक अवस्था मजबुत रहनेछ । यदि तपाईँ कुनै जिम्मेवार पदमा हुनुहुन्छ भने नयाँ व्यक्तिलाई काममा नियुक्त गर्दा पूर्णसावधानी अपनाउनुहोस् । बिहीबारदेखि प्रेमसम्बन्धमा विगतका मतभेद समाधान गर्ने प्रयास सफल हुनेछ । सम्पत्तिसम्बन्धी मामिलामा विश्वासिलो व्यक्तिको सल्लाह लाभदायक साबित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) परिवारमा खुसियाली छाउनेछ । लगानीका अवसर प्राप्त हुँदै जानेछन् । प्रेमसम्बन्धमा तपाईँको सहयोग र समझदारीले सम्बन्धलाई अझ मजबुत बनाउनेछ । नयाँ स्थानमा सर्ने योग रहेकाले विवादमा रहने व्यक्तिहरूबाट दूरी कायम राख्नुपर्नेछ । धार्मिक र सामाजिक काममा संलग्न हुदै आयमूलक कार्यका लागि अघि बढ्ने अवसर मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सुरुमा अलि दौडधुप गर्नुपर्ला, खर्चको मात्रा पनि बढ्नेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महŒवपूर्ण काम बन्न सक्छ । साताको अन्त्यमा मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगीहरू जुट्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गति सामान्य रहे पनि नेतृत्व क्षमता विकास गर्दा भविष्यमा राम्रा अवसर मिल्नेछन् । परिवारसँगको सम्बन्ध सुमधुर रहिरहनेछ । आर्थिक रूपमा बजेट बनाएर चल्नु तथा ऋण व्यवस्थापन गर्नु लाभदायक हुने देखिन्छ । साताको अन्त्यमा प्रेमजीवनमा सकारात्मक परिवर्तन आउन सक्छ । आकस्मिक यात्रा र नयाँ सम्पर्कले लाभ दिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मानसम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आय–आर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ । लेनदेनमा अघि नबढ्नु उचित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आर्थिक तथा व्यक्तिगत प्रगतिका लागि अनुकूल रहनेछ । धनसम्बन्धी कार्यबाट सफलता मिल्ने भएकाले भविष्यको योजनामा ध्यान दिनु लाभदायक हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र उत्साहका साथ काम सम्पन्न गर्न सकिनेछ । प्रेमसम्बन्धमा मधुरता बढ्नेछ भने दाम्पत्य जीवनमा आपसी समझदारी र सहयोग बलियो हुनेछ । परिवारसँग बिताएको समय सुखद रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा लाभ मिल्ने योग छ । समयमै सम्पन्न गरिएका कामबाट प्रशंसा प्राप्त हुने योग रहेको छ । तपाईँको सोचमा सकारात्मक परिवर्तन आउनेछन् । बिहीबारदेखि पढाइमा सफलता राम्रै मिल्नेछ । अरूको मन जित्न सकिनेछ । अरूबाट प्रशंसा पनि पाउनुहोला । ठुला व्यक्तिको विश्वासको पात्र भई अगाडि बढ्ने अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ ज्ञान तथा अध्ययनमा सफलता मिल्नेछ । साथीभाइ, आफन्त र सन्तानबाट राम्रो सहयोग प्राप्त हुनेछ । साझेदारी तथा जुवाजन्य कार्यबाट टाढा रहनुहोस् । प्रेमसम्बन्धमा सुधार आउनेछ । शरीरमा जोशजाँगर बढ्नुका साथै आम्दानीमा वृद्धि हुनेछ । अभिभावकको आशीर्वाद र शुभ समाचारले मन प्रसन्न बनाउनेछ ।