स्वस्थ जीवनशैलीले राम्रो निद्रा

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

डा. आनन्द अधिकारी मानसिक रोग विशेषज्ञ 

मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ । तर, जीवनशैलीमा गडगडी तथा केही स्वास्थ्य समस्याका कारण मानिस अनिद्राको सिकार हुन्छन् । मज्जाले निदाउनका लागि हामीले स्वस्थ खानपान र स्वस्थ्य जीवनशैली अंगीकार गर्नुपर्छ । 

- बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । 

- दैनिक शारीरिक व्यायाम गर्नुपर्छ ।

- स्वस्थ खानेकुरा खानुपर्छ । 

- सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा खानु  हुँदैन । 

- बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने गर्नुपर्छ । दिउँसो सकेसम्म नसुत्ने ।

- लागुपदार्थको सेवन गर्नुहुँदैन ।

- तनाव व्यवस्थापन गर्न प्रयास प्रयास गर्नुपर्छ ।

- खानपिन र दैनिक क्रियाकलापको मुख्य रोल हुन्छ । त्यसैले मानिसलाई राम्रो निद्रा पाउनका लागि दिनचर्यालाई पनि सहज बनाउनुपर्छ ।

See More On

सुझावित समाचार