मलाई मन परेको ‘आइसल्यान्ड’

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण
मलाई मन परेको ‘आइसल्यान्ड’

विवेक दुगड उपाध्यक्ष, एमभी दुगड ग्रुप

म धेरै देश पुगिसकेको छु । युरोप र एसियाका धेरैजसो देश पुगिसकेँ । अमेरिका पनि घुमिसकेको छु । एसियन मुलुक बिजनेसकै सिलसिलामा पनि घुमिन्छ । केही वर्षअघि हामी सपरिवार आइसल्यान्ड पुगेका थियौँ । यति धेरै घुमेका मुलुकमध्ये मलाई आइसल्यान्ड सबैभन्दा धेरै मन पर्यो ।

भौगोलिक रूपमा सानो देश आइसल्यान्ड प्रकृतिले भरिपूर्ण रहेछ । त्यहाँको जनसंख्या तीन लाख ७६ हजार छ । डाइभर्सिटी पनि गज्जब रहेछ । आइसल्यान्ड भल्कानोबाट बनेको देश हो । त्यहाँ भल्कानिक गतिविधि बढी नै हुन्छ । अहिले पनि भल्कानोबाट निस्किएको खरानी देखिन्छ । त्यो हेर्न पनि मज्जा आउँछ । 

आकर्षक पहाड र सुन्दर पाटन पनि देखियो । अझ गज्जब त एउटै पहाडमा २५–३० वटा झरना देख्दा लाग्यो । नेपालमा पनि हिमाली भेगका पहाडमा झरनैझरना देख्न पाइन्छ । त्यहाँ ग्लेसियर पनि छ । हिउँदमा जमेको बरफ गर्मीमा पग्लिएर झरना बन्दो रहेछ । हरेक २५–५० किलोमिटर दूरीमा नयाँ–नयाँ कुरा देख्न पाउँदा रमाइलो लाग्यो । अर्को कुरा, त्यहाँका मानिस पर्यटकलाई खुब माया गर्ने रहेछन् । नेपालीजस्तै ‘अतिथि देवो भवः ।’

२००८ को विश्वव्यापी मन्दीमा आइसल्यान्ड ब्यांकक्रप्ट भएको देश हो । त्यस वेलाको संकटमा युरोप प्रभावित हुँदा आइसल्यान्ड डुबेको हो । पछि ऋण लिएर उद्दार गर्नुपरेको थियो । त्यही आइसल्यान्ड १४ वर्षको अन्तरालमा युरोपकै सम्पन्न र सुखी भइसकेको छ । त्यो सबै पर्यटनले सम्भव बनाइदिएको रहेछ । कुनै पनि देशलाई पर्यटनले कति कायापलट गरिदिन सक्छ भन्ने उदाहरण आइसल्यान्ड हो । जुन देशमा वर्षमा सात–आठ महिना बरफ जमिरहेको हुन्छ, त्यही देशले सन् २०१८ को विश्वकप फुटबल पनि खेल्यो । 

सुझावित समाचार