अमिलो धेरै खान्नँ

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण
अमिलो धेरै खान्नँ

भरत  सिटौला गायक

- गायनमा लाग्नेले आफ्नो गलालाई चुस्त राख्न जरुरी छ  । जथाभावी बढी अमिलो, पिरो, चिल्लो खान हुँदैन । मचाहिँ धेरै अमिलो खाँदिनँ । सन्तुलित भोजन गर्छु । आफ्नो गला बिगार्ने खानपानबाट टाढा रहनुपर्छ । 

- आफूलाई मन पर्ने बाजा बजाएर मन पर्ने गीतमा रियाज गर्दा राम्रो हुन्छ । अहिले त इन्टरनेटमै सबै गीत र संगीत फेला पर्छन् । त्यसैले सजिलो पनि छ । 

-  गला सुधार्नका लागि दैनिक रियाज जरुरी छ । भोकलको रेन्ज अनुसार प्राक्टिस गर्नुपर्ने हुन्छ ।

- धुलो, धुवाँबाट बच्नुपर्छ । यसले भोकल कर्डलाई असर गर्न सक्छ । 

- चिसोबाट जोगिनुपर्छ । आफ्नो स्वरलाई न्यानो राखिराख्नुपर्छ । भर्खरै उठेको वेला भोकल कर्डको एउटा अलग कन्डिसन हुन्छ । मर्निङ टाइममा स्वर बस्छ । यस्तो वेलामा प्राक्टिस बिस्तारै गर्नुपर्छ । 

- स्वर भनेको गडगिफ्टेड नै हो । कसैको कस्तो, कसैको कस्तो हुन्छ । रियाज मात्रै गरेर लयमै गाउन सकिएन भने राग जतिसुकै अलापेर पनि केही हुँदैन । त्यसैले आफ्नो भोकलमा कस्तो सुधार ल्याउन चाहने हो, त्यहीअनुसार योजना बनाएर रियाज गर्नुपर्छ । अरूसँग आफ्नो स्वर तुलना गरेर हुँदैन । 

- फुर्सदको समयमा पनि आफूलाई मन पर्ने गीत गुनगुनाउन सकियो भने स्वरमा अझै धेरै सुधार हुन्छ । 

सुझावित समाचार