अनुहारलाई स्वस्थ राखे मात्रै मेकअप सुहाउँछ

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण
अनुहारलाई स्वस्थ राखे मात्रै मेकअप सुहाउँछ

श्रद्धा क्षेत्री, अभिनेत्री

म अनुहारको एकदमै केयर गर्छु । बाहिर निस्कनुअघि सनस्क्रिन क्रिम अनिवार्य लगाउँछु । बाहिरबाट आएपछि अनुहार धोइहाल्छु । अनि, मस्चराइजर अनिवार्य लगाउँछु । स्किनलाई स्वस्थ राख्यो भने मेकअप पनि राम्रो हुन्छ । स्किन राम्रो बनाउन पानी प्रशस्त पिउनुपर्छ ।

सकेसम्म बजारमा पाइने फेसियल क्रिमहरू युज गर्दिनँ । घरमै उपलब्ध दही, बेसार, टमाटरलगायत मिक्स गरेर बनाइएका प्रडक्ट युज गर्छु । 

समय–समयमा कागतीपानी खान्छु । यसले अनुहारलाई फाइदा गराउँदोरहेछ । दिनमा दुईदेखि तीन लिटरसम्म पानी पिउने गर्छु । 

राति सुत्नुअघि सनस्क्रिन लगाउँछु र मस्चराइजर क्रिम राति कहिल्यै छुटाउँदिनँ । 

चिल्लो भएका खानेकुरा खाँदैखाँदिनँ । चिल्लो भएका खानेकुरा खाँदा स्किनमा असर गर्ने रहेछ । कहिलेकाहीँ तितेकरेलाको जुस खान्छु । त्यसले स्किनलाई राम्रो गर्ने रहेछ । 

फेस मास्क पनि लगाउने गर्छु । बजारको प्रडक्टभन्दा पनि घरायसी प्रडक्ट लगाउँदा राम्रो हुन्छ भन्ने मेरो सुझाव छ । 

सुझावित समाचार