६३ वर्षमा पनि जवान देखिन्छन् नागार्जुन

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

दक्षिण भारतीय अभिनेता नागार्जुनले सोमबार ६३औँ जन्मदिन मनाएका छन्  । १९८६ मा रिलिज भएको ‘विक्रम’ फिल्मबाट आफ्नो यात्रा थालेका नागार्जुन भारतकै एक चर्चित र महँगा कलाकार हुन् । केही समयमै प्रदर्शनमा आउने ‘ब्रह्मास्त्र’ का लागि उनले अमिताभ बच्चनभन्दा पनि धेरै फिस लिएका थिए । ब्रह्मास्त्रमा रणवीर कपुर, आलिया भट्ट, मौनी रायलगायतको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्मका लागि अमिताभले १० र नागार्जुले ११ करोड भारतीय रुपैयाँ लिएका थिए ।

लोकप्रियता र सम्पत्ति 
अभिनय क्षमताका कारण नागार्जुनले आफ्नो जबर्जस्त फ्यानहरू बनाएका छन् । सन् १९९७ मा उनको फिल्म ‘अन्नमय्या’बाट प्रेरित भएर एक फ्यानले भव्य ‘अन्नामाचार्य’ मन्दिर नै बनाइदिएका थिए ।

नागार्जुन ८ सय करोड सम्पत्तिका मालिक हुन् । अन्नपूर्णा स्टुडियो नामक उनको कम्पनी झन्डै ७ एकड जमिनमा फैलिएको छ । त्यस्तै, उनीसँग हैदरावादको जुबली हिल्समा झन्डै ४० करोड रुपैयाँ पर्ने बंगला पनि छ । नागार्जुनले हैदरावादमा दुईवटा रेस्टुरेन्ट पनि सञ्चालन 
गरेका छन् । 

फिटेनस
बढ्दो उमेरमा पनि उनी युवा अभिनेताहरूभन्दा कम देखिन्नन् । नागार्जुनले दैनिक एक घन्टा नियमित व्यायाम गर्ने गरेका छन् । त्यस्तै, खानपानमा विशेष ध्यान दिन्छन् । निद्रामा कम्प्रमाइज गर्दैनन् र पर्याप्त पानी पिउँछन् ।

आफ्नो दिमागलाई चुस्त बनाउनका लागि उनी ध्यान पनि गर्छन् । ‘केवल शारीरिक स्वास्थ्य मात्रै नभएर मलाई शरीर र दिमागबीचको सन्तुलन चाहिन्छ । त्यसैले ध्यानका लागि समय छुट्याउँछु,’ उनले एक अन्तर्वार्तामा भनेका छन् । 

सुझावित समाचार