यसरी गर्नुस् घरमै मेकअप

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

मेकअप टिप्स

सीमा गुरुङ, मेकअप आर्टिस्ट

- मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ । 

- सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ । 

- यसपछि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफुलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किन अनुसारको फाउन्डेसन लगाउनुपर्छ ।  लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउदा सुख्खा हुन्छ । 

- मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफुले लगाएको कपडाको रंगअनुसारकै आइस्याडो लगाउन सकिन्छ । 

सुझावित समाचार