केही मानिसको सन्कीपनले हाम्रा नीति भड्किएका छन् : सचिव भट्टराई (भिडियोसहित)

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसको सन्कीपनले देशको नीतिहरू भाँडिएको आरोप लगाएका छन्। काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौँ सम्मेलनमा सोमबार सचिव भट्टराईले यस्तो बताएका हुन्।

नेपालले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको भन्दै विदेशी मुद्रा सञ्चिति घटिरहेकोतर्फ सचेत हुनुपर्ने बताए। नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरू विदेश पलायन भइरहेको उनले बताए।

‘केही मानिसको सन्कीपनले हाम्रा नीतिहरू भड्किएका छन्। केही मानिसहरूको अर्गेल्याइँले हाम्रा नीतिहरू गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरूको सिञ्चिति छैन, घटिरहेको छ। चिन्ता व्यक्त भइरहेको छ। किनभने हामीले ज्यादाभन्दा ज्यादा निर्यात गरिरहेका छौँ। त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थी पढ्न विदेश पलायन भइरहेका छन्। त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ, के हामीले यसको कुनै आकलन गरेका छौँ ?’ उनले भने।

सुझावित समाचार