नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पोस्टबहादुर बोगटी आफ्ना लागि सधैँ प्रिय रहेको बताएका छन्। शनिबार नुवाकोटमा दिवंगत नेता बोगटीको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
बोगटी केही विशिष्ट गुण र निष्ठा भएका नेता रहेका भन्दै प्रचण्डले पार्टीमा जुनसुकै समस्या समाधानका लागि पनि उनी सर्वस्वीकार्य रहेकाे स्मरण गराए। ‘जतिसुकै पढेको विद्वान भए पनि पोस्टबहादुर बोगटी अगाडि सरेर बोल्न थालेपछि त्यो विद्वानको पसिना छुट्न थाल्थ्यो– चाहे डाक्टर हुन् चाहे वैद्य। डाक्टर र वैद्यको हालत खराब गरिदिनुहुन्थ्यो। डाक्टर र वैद्यले प्रचण्डलाई वेलावेलामा सताउँथे। सताएपछि तिनको सातो खाएर पसिना छुटाउने भनेको पोस्टबहादुर बोगटीले नै हो,’ उनले भने।
बोगटी अत्यन्त इमान्दार, सरल र सबैसँग सजिलै घुलमिल हुन सक्ने विलक्षण चरित्र भएका व्यक्ति रहेकाे स्मरण गर्दैै अध्यक्ष प्रचण्डले उनको असामहिक निधनले माओवादी आन्दोलन र नेपाली राजनीतिमा ठूलो क्षति भएको बताए।