भारतको सहयोगमा चार नेपाली युक्रेनबाट स्वदेश फिर्ता

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन्। भारत सरकारको सहयोगमा उनीहरू शनिबार नेपाल आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत जानकारी दिएका छन्। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि भारत सरकारले 'अपरेसन गंगा'मार्फत आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने क्रममा उनीहरूलाई पनि ल्याएको हो।

प्रधानमन्त्री देउवाले नेपाली नागरिकको उद्धारमा सहयोग गरेकोमा भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन्। 'युक्रेनबाट भारत हुँदै चारजना नेपाली भर्खरै नेपाल आइपुगेका छन्। अपरेसन गंगामार्फत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दछु,' देउवाले ट्विटरमा लेखेका छन्।

सुझावित समाचार