सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। सर्वोच्च अदालतले  आजका लागि संवैधानिक इजलासमा पेसी तोकेकोमा हेर्न नमिल्नेमा राखिएको हो। सापकोटाविरुद्धका अवहेलना र द्वन्द्वकालीन मुद्दा गरी तीन मुद्दामा आजका लागि सुनुवाइ तोकिएको थियो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको थियो। 

सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेको छ। यसविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेललगायतले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका थिए। सभामुख सापकोटाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्दै ०६८ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो। 
 

See More On

सुझावित समाचार