उपमेयर कप फुटबलमा हुम्लाका महिला पनि सहभागी हुने

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

 उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् । हुम्लाबाट उपमेयर कपमा महिलाले पहिलोपटक सहभागिता जनाउन लागेका हुन् ।

हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार सिमकोट गाउँपालिकाका महिला अहिले प्रशिक्षणमा छन् । सिमकोटस्थित खेलमैदानमा २३ जना महिलाले प्रशिक्षण लिइरहेको उनको भनाइ छ ।

जिल्लाका अन्य गाउँपालिकाले खेल क्षेत्रमा चासो नदिएको अध्यक्ष रावतले बताए । उनले भने, ‘खेलमैदान पनि राम्रो छैन, खेलाडीलाई प्रशिक्षण दिन पनि कठिन छ । 

See More On

सुझावित समाचार