हाल्यान्डको चोटले म्यानचेस्टर सिटी चिन्तित

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण
  • पोर्चुगलविरुद्धको खेलमा घाइते बनेका नर्वेका एर्लिन हाल्यान्ड अर्को सातासम्म खेलमा फर्किने अवस्थामा छैनन् । सिटीले आगामी साता लिभरपुल र पिएसजीविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

नर्वेका प्रमुख स्ट्राइकर एर्लिन हाल्यान्ड नेसन्स कपअन्तर्गत पोर्चुगलविरुद्धको प्रतिस्पर्धामा चोटग्रस्त बनेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएको खेलको दोस्रो हाफमा हाल्यान्ड घाइते भएका थिए । घाइते भएको दुई मिनेटपछि मैदान छाड्दा उनी त्यति खुसी थिएनन् । यद्यपि, नर्वेले आफ्ना प्रमुख स्ट्राइकर हाल्यान्डमाथि थप जोखिम नउठाउन उनलाई बाहिर राखिएको जनाएको छ । हाल्यान्डको चोटले नर्वे र म्यानचेस्टर सिटीलाई पीडा दिएको छ ।

आगामी आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आर्थिक अनियमितताको आरोप लागेपछि सिटीको प्रिमियर लिगमा पहिलो खेल हो । अझ लिगमा मध्यम प्रतिद्वन्द्वी हुँदा सिटीलाई खासै त्यति फरक पर्ने थिएन । तर, सिटीले लिभरपुलविरुद्ध खेल्दै छ । अंक तालिकामा समेत प्रभावित पार्न सक्ने प्रतिस्पर्धा भएकाले हाल्यान्ड उपस्थितमा द्विविधा छ ।

नर्वेले अहिलेसम्म हाल्यान्डको चोटबारे बताएको छैन । मेडिकल टिमले हाल्यान्डले केही दिन आराम गर्नुपर्ने सल्लाह दिएको छ । ‘हाल्यान्डको मसल्समा समस्या छ । यो कति दिनमा निको हुने भन्न सकिँदैन,’ नर्वेको मेडिकल टिमले उल्लेख गरेको छ, ‘रिकभरी छिटो हुँदा अर्को साता नै उनी मैदानमा फर्कन सक्छन् ।’ खेलको ६७औँ मिनेटमा हाल्यान्डको स्थानमा स्टान्ड लार्सेन मैदानमा प्रवेश गरेका थिए ।

सिटीले अर्को बुधबार युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्नेछ । लिभरपुल र पिएसजीसँगको प्रतिस्पर्धामा हाल्यान्डको उपस्थिति महŒवपूर्ण हुनेछ । तर, आधिकारिक मेडिकल रिपोर्ट नआउँदासम्म उनको अवस्थाबारे केही भन्न नसकिने सिटीले जनाएको छ ।

पोर्चुगलको जित
प्रतिस्पर्धामा गोन्कालो रामोसको निर्णायक गोलमा १० खेलाडीमा सीमित पोर्चुगलले नेसन्स लिगमा नर्वेलाई २–१ ले पराजित गरेको छ । फ्रान्सिस्को कोन्सेइकाओले खेलको अन्त्यतिर रातो कार्ड पाए पनि पोर्चुगलले घरेलु मैदानमा जित निकाल्यो । जितसँगै पोर्चुगलले समूह ‘ए ४’ मा शतप्रतिशत नतिजा निकालेको छ । मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लगातार तेस्रोपटक सहभागी भएनन् । मुख्य प्रशिक्षक जिसससँगको विवादपछि रोनाल्डो टोलीमा छैनन् । यद्यपि, पोर्चुगल फुटबल संघले रोनाल्डोलाई प्रतिस्पर्धा गर्न खुला रहेको जनाएको छ । यसबारे रोनाल्डोले केही पनि प्रतिक्रिया जनाएका छैनन् । इस्टाडियो डो ड्रागाओमा नर्वेले ३६औँ मिनेटमा क्रिस्टोफर आयरको गोलमा १–० को अग्रता लिएको थियो । पोर्चुगलले दुई मिनेटभित्रै बराबरी गोल फर्कायो । खेलको ३८औँ मिनेटमा जोआओ कान्सेलोले नुनो मेन्डेसको थ्रो इनमा पेनाल्टी क्षेत्रबाट गोल गरे ।

फेलिक्सको निर्णायक गोल 
दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने अवसर गुमाए । कान्सेलो दोस्रो गोलनजिक पुगेका थिए । मैदानबाट बाहिरिनुअघि हालान्डले डिबक्समा सहज गोल अवसर खेर फाले । पोर्चुगलले ७९औँ मिनेटमा २–१ को अग्रता लियो । जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट ढंगले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । पोर्चुगलले नर्वेविरुद्ध लगातार दोस्रो जित निकाल्दै नेसन्स लिगको अर्को चरणमा आफ्नो स्थानसमेत सुरक्षित गरिसकेको छ । अपराजित पोर्चुगल आफ्नो समूहमा शीर्ष स्थान छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कले वेल्सलाई १–० ले हराएको छ ।

सुझावित समाचार