योगेश भट्टराईको आरोप– सभामुखको भूमिका निष्पक्ष भएन, एमाले फुटाउन सघाए (भिडियोसहित)

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

एमाले सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नुपरेको स्पष्ट पारेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले दलले ह्विप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले एमालेलाई फुटाउन सघाउ पुर्याएको आरोप लगाए । 

उनले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढंगले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने, ह्विप उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्का ‘हत्यारा’को संज्ञा दिइन् । उनले संसद्का हत्याराहरूले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।
 

सुझावित समाचार