निषेधाज्ञाको दुई साता : दैनिक ज्यालादारी गरी खानेलाई छाक टार्न मुस्किल

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला–मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफूले कमाएको २–४ रुपैयाँले दुई छाकको जोहो गर्दै आएकाहरू निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन् ।

यसरी बिहान–साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघसंस्थाहरूले पिचरोडमा नै राखेर खाना खुवाउन थालेका छन् । कोभिड– १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरूमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटोबाटोमा नै खाना खुवाउने र खानेहरू देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४औँ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाइ गरे पनि सडकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनहरूमा जसरी नै सवारीसाधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विनाकाममा हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखेको छ । कतिपयलाई एक सय रुपैयाँ जरिवाना पनि गरेको छ ।

कोभिड– १९ संक्रमणको जोखिम न्यूनीकरणका उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

सुझावित समाचार