रगतमा भएको भिटामिन ‘डी’को अध्ययनबाट मृत्युको पूर्वानुमान लगाउन सकिने दाबी

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

रगतमा रहेको भिटामिन ‘डी’को तहका आधारमा स्वास्थ्य अवस्थाबारे भविष्यवाणी गर्न सकिने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

अध्ययनकर्ताहरूले भिटामिन ‘डी’को आधारमा कुनै पनि प्राणीको मृत्युको पूर्वानुमानसमेत गर्न सकिने दाबी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरूको भनाइ छ ।

बेल्जियमको युनिभर्सिटी हस्पिटल्स लेउभेनका डा. लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्य अवस्थाको पूर्वानुमानबारे अध्ययन गरेका हुन् ।

अध्ययनमा ४० देखि ७९ वर्षसम्ममा मानिसलाई समावेश गरिएको थियो । उनीहरूमाथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार नौ सय ७० जना संलग्न थिए । 

अध्ययनको नेतृत्वकर्ता डा. एन्टोनिओले भने, ‘भिटामिन ‘डी’को अवस्थाको अध्ययनले तत्कालीन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउन सक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको विषयलाई पूर्वानुमान गर्न सक्ने देखिन्छ ।’ उनी नेतृत्वको टोलीले गरेको अध्ययन प्रतिवेदन हालै तयार भएको हो । 

सुझावित समाचार