सन् १९५७ : सोभियत संघले विश्वको पहिलो कृत्रिम भूउपग्रह ‘स्पुतनिक प्रथम’ प्रक्षेपण गर्यो
सन् १५३५ : अंग्रेजीमा प्रकाशित पहिलो पूर्ण बाइबल ‘कोभर्डाल बाइबल’ एन्टवर्पबाट छापियो । पुस्तकलाई विलियम टिनडाल र माइल्स कोभर्डालले ल्याटिन भाषाबाट अनुवाद गरेका थिए ।
सन् १८२४ : सम्राट् अगस्टिन प्रथमको पतनपछि मेक्सिकोले नोभेम्बर १, १८२३ मा देशमा गणतन्त्र घोषणा गरेको थियो । त्यसलाई आजकै दिन पारित भएको संविधानले औपचारिकता दियो ।
सन् १८३० : नेदरल्यान्डको प्रान्तीय सरकार बेल्जियमले संघबाट अलग भएर स्वतन्त्र भएको घोषणा गर्यो ।
सन् १८५३ : अटोमन साम्राज्यले रुसी साम्राज्यमाथि युद्ध घोषणा गरेसँगै क्रिमिया
युद्ध सुरु भयो ।
सन् १९१० : पोर्चुगलको गणतान्त्रिक दलको ‘कु’पछि देशका राजा म्यानुअल द्वितीय भागेर इंग्ल्यान्ड पुगे । यसले देश गणतन्त्र बन्ने बाटो खुल्यो ।
सन् १९२१ : लिग अफ नेसनले भोकमरी सामना गरिरहेको कम्युनिस्ट रुसलाई सघाउन अस्वीकार गर्यो ।
सन् १९५८ : फ्रान्सेली राष्ट्रपति चार्ल्स डी गालले देशको संविधान संशोधन गर्दै राष्ट्रपतिको शक्तिमा उल्लेख्य वृद्धि गरेसँगै फ्रान्समा ‘पाँचौँ गणतन्त्र’ प्रारम्भ भयो, जुन हालसम्म चलिरहेको छ ।
सन् १९९३ : राष्ट्रपति बोरिस यल्तसिनले संसद् भंग गरेको जवाफमा संसद्ले उनलाई महाभियोग लगाएर अपदस्थ गरेपछि सुरु भएको रुसी संवैधानिक संकट आजकै दिन टुंगिएको थियो । यल्तसिनले आजको दिन सेनाको सहयोगमा देशको संसद् भवनमा तोप हानेर त्यहाँका विधायक पक्राउ गरेसँगै संकट समापन भएको थियो ।
सन् २००६ : जुलियन असान्जले विकिलिक्स सार्वजनिक गरे ।