कांग्रेसमा गुट समाप्त भएको सभापति थापाको दाबी

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण
कांग्रेसमा गुट समाप्त भएको सभापति थापाको दाबी

तस्बिर : संजित परियार/नयाँ पत्रिका


काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै गुट सकियो,’ थापाले भने। उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा उनको जोड छ।

सभापति थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबिचको बहसमा केन्द्रित गर्ने बताए। उनले आफ्नो समयको ठुलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन्।

सुझावित समाचार