स्कुलबस दुर्घटनामा परी पाँचजनाको मृत्यु, १४ विद्यार्थी घाइते

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

कास्की । स्कुलबस दुर्घटनामा परी शुक्रबार पोखरामा पाँचजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका– २८ स्थित माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग.२ख १४१७ नम्बरको बस ओख्ले भन्ने स्थानमा सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेर दुर्घटना भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा चार विद्यार्थी र एक बसका स्टाफ रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
 

सुझावित समाचार