सिडिओसहित गृह मन्त्रालयका ३२ कर्मचारीको सरुवा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ जना कर्मचारीको सरुवा गरेको छ। सरुवासँगै विभिन्न जिल्ला तथा मन्त्रालयअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ।

मन्त्रालयको निर्णयअनुसार सरुवा भएका कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाइनेछ। सरुवाबाट जिल्ला प्रशासन कार्यालयसहित गृह मन्त्रालयअन्तर्गतका निकायको कर्मचारी व्यवस्थापनमा फेरबदल हुने भएको छ।

गृहले रिक्त रहेको कपिलवस्तु जिल्लाको सिडिओमा सहसचिव तोयनारायण सुवेदीलाई खटाएको छ। त्यस्तै, विभिन्न कारागारका जेलर फेरिएका छन्। 

सुझावित समाचार