काठमाडौं । मुगुम समाज कल्याण केन्द्रले विपत् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ।
केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
विपतका कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले केन्द्रले उक्त रकम प्रदान गरेको जनाएको छ।
विपतकाे समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारी कोषमा गरिएको यस योगदानले राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।