यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

बैठकले विश्व बैंकसँगको सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, एसियाली खेलकुदका पदक विजेता खेलाडी, प्रशिक्षकलगायतलाई पुरस्कार दिनेलगायतका निर्णय गरेको छ।

हेर्नुस् निर्णयहरू :
१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने,

२. बिटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने,

३. जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने,

४. नेपाल न्यायसेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।

सुझावित समाचार