युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सिप र सिर्जनशीलतालाई उपयोग गर्दै नवप्रवर्तन तथा उद्यमशीलताको विकासका लागि सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले सूचना प्रविधिमार्फत नेपालमै बसेर विश्व बजारमा सेवा पुर्याउन सकिने बताए।

डिजिटल विभाजन अन्त्य, इन्टरनेट पहुँच विस्तार र सेवा गुणस्तर सुधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले सरकारले यसै वर्ष फाइभ–जी सेवा सुरु गर्ने गरी काम गरिरहेको जानकारी दिए। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी उपयोगबाट सरकारी सेवा, उत्पादकत्व र रोजगारीका अवसर बढाउन सकिने बताए। उनले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

सुझावित समाचार