घरेलु टोली अस्ट्रेलियाविरुद्ध ऐतिहासिक पहिलो टेस्ट जितेको बंगलादेश दोस्रो टेस्टमा भने दयनीय अवस्थामा पुगेको छ । दोस्रो टेस्टको पहिलो दिन नै बंगलादेश ६४ रनमा समेटियो । अस्ट्रेलियाको म्याकीमा खेलिएको टेस्टमा बंगलादेशले तीव्रगतिका बलरको सामना गर्नै मुस्किल परेको थियो । अनुभवी मिचेल स्टार्कले २२ बलमा पाँच विकेट लिएपछि बंगलादेश लज्जास्पद प्रदर्शन गर्न पुग्यो । स्टार्कले सादमान इस्लामलाई रोयल डक गराएका थिए । सुरुबाटै बंगलादेशका खेलाडीलाई दबाबमा राखेका उनले १० ओभरमा १२ रन दिएर ६ विकेट लिएका हुन् । कप्तान प्याट कमिन्सले तीन तथा जस हैजलवुडले एक विकेट लिएका थिए ।
यद्यपि, दोस्रो इनिङ्समा बंगलादेशका तीव्रगतिका बलर सोरिफुल इस्लामले पनि ६ विकेट लिएर जवाफ फर्खाएका छन् । तर, पहिलो दिनको खेल सम्पन्न हुँदा बंगलादेश निकै पछि परिसकेको छ ।
४० ओभरमा अस्ट्रेलियाले आठ विकेट गुमाएर १६५ रन बनाएको हो । घरेलु टोली पहिलो दिनमै कुल १०१ रनले अगाडि रहेको छ । बंगलादेशले टेस्टमा एकैदिन कम स्कोर बनाएको यो पहिलो अवसर भने होइन । अस्ट्रेलियाविरुद्ध बंगलादेशको बनाएको यो चोथो लज्जास्पद रन हो । सन् २०१८ मा टोली वेस्ट इन्डिजविरुद्ध मात्र ४३ रनमा अलआउट भएको थियो । यो नै टोलीले अहिलेसम्मकै बिर्सनलायक प्रदर्शन हो ।
पहिलो बलमै विकेट, ४२ मिनेटमा ५ ब्याटर आउट
अस्ट्रेलियाले पहिलो टेस्ट गुमाएपछि दोस्रो टेस्टमा बलिङ गर्ने निर्णय लियो । स्टार्कले पहिलो बलमै सादमान इस्लामलाई रोयल डक गराएका थिए । स्टार्कले इस्लामलाई स्लिपमा क्यामरुन ग्रिनबाट क्याच गराए । त्यसपछि तंजिद हसन तमिम र नजमुल हुसैन सान्तोलाई पनि लगातार आउट गराउन सफल भएका हुन् । तंजिद पनि स्लिपमै सिकार बने । सान्तो एलबिडब्लु धरापमा परेका थिए । २.२ ओभरमा सान्तो आउट हुँदा बंगलादेशले मात्र नौ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । स्टार्कले मोमिनुल हक र लिटन दासलाई पनि पेभिलियन फर्काएका थिए । यसरी उनले २२ बलमा पाँच विकेट हात पारेका थिए । स्टार्कले करिब ४३ मिनेटमा पाँच विकेट हात पारे । टेस्टमा स्टार्कले १९औँपटक पाँच विकेट लिएका हुन् । उनले सर्वाधिक १४ रन बनाएका सोरिफुल इस्लामको विकेट लिएसँगै व्यक्तिगत छैटौँ विकेट पुगेको थियो ।
अस्ट्रेलियाको पनि खराब सुरुवात
६४ रनको लक्ष्यपछि जवाफी ब्याटिङ सुरु गरेको अस्ट्रेलियाले पनि खराब सुरु गर्यो । तीव्रगतिका बलर सोरिफुलले एक्लै ६ विकेट लिएपछि अस्ट्रेलियाको पनि ब्याटिङ धर्मराएको छ । उनले ११ ओभरमा दुई विकेटसहित मात्र ३५ रन खर्चिएका छन् । क्यामरुन ग्रिन ५१ रन बनाएर क्रिजमा छन् । दोस्रो दिन उनले टिमलाई बढाउनेछन् । ग्रिनले ८१ बलमा सर्वाधिक आठ चौका प्रहार गरेका थिए । नाथन लियोन १० रन बनाएर क्रिजमा ग्रिनलाई साथ दिइरहेका छन् । त्यसबोहक स्टेभन स्मिथले ६ चौकासहित ४२ रन बनाएका छन् । त्यसअघि ओपनर ट्राभिस हेडले २२ रनको योगदान गरेका थिए ।
तर, ओपनर म्याट रेन्साव र तेस्रो नम्बर क्रिजमा आएका मार्नुस लाबुस्चाग्ने दोहोरो अंकमा रन बनाउनै सकेनन् । ७.५ आभेरमा ४१ रन जोड्दा अस्ट्रेलियाले तीन विकेट गुमाएको थियो । तर, त्यसपछि स्मिथ र ग्रिनले अस्ट्रेलियालाई सम्हालेका हुन् । तर, यी दुई खेलाडीपछि अन्य ब्याटर पनि टिक्न सकेनन् । एलेक्स केरी पाँच रनमा आउट हुँदा बेउ वेस्टर र कप्तान कमिन्स डकआउट भए । स्टार्क पनि एक रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा आएको थियो ।